काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक अहिले बसिरहेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यलयमा दुई पक्षबीच छलफल चलिरहेको छ।
बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल भएको बताइएको छ । छलफलमा विघटित कार्यदलका सदस्यहरु रहेका छन्। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो।
स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए।
तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको टकरावका कारण सहमति कार्यान्वयनमा समस्या खडा भएको छ ।