बुटवल-लुम्बिनी प्रदेशको विपक्षी दल कांग्रेसले मध्यरातमा बजेट अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक काम गरेको बताएको छ।
'सदनमा छलफल भएर मुख्यमन्त्री र मन्त्रीहरूले जवाफ दिईसकेपछि प्रक्रियामा सहभागी हुनुको सट्टा बहिस्कार गर्ने र अधिवेशन अन्त्य गर्ने काम असंसदीय र अलोकतान्त्रिक हो'-कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले लुम्बिनी टाईम्ससँग भने-'अध्यादेशबाट बजेट ल्याउनेगरी सरकारले चालेको कदमले संसदीय अभ्यासमै गलत नजिर बसालेको छ, यो कुनै अर्थमा सही कदम होईन।'
उनले सरकार सदनदेखि भागेर अल्पमतमा रहेको पुष्टि गरेको बताए।
'सरकारले अल्पमतमा छौं भन्ने कुरा स्वीकार गरिसक्यो, त्यो हिजो सदनबाट भाग्नु र मध्यरातमा बजेट अधिवेशन स्थगित गर्नुले प्रमाणित गरिसकेको छ, उनले लुम्बिनी टाईम्ससँग भने-'अब सरकारले नैतिकता देखाएर अर्को सरकारका लागि मार्गप्रशस्त गर्नुपर्छ, यसको विकल्प छैन।'