काठमाडाैँ - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदार विशेष अदालतमा हाजिर भएका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपेका गच्छदार अदालतमा हाजिर भएका हुन्।
बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। गच्छदारलाई अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि अहिले सांसद पदबाट निलम्बित छन्। अहिले उनको थुनछेक बयान चलिरहेको छ।
२०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो। त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए।