काठमाडौँ - प्रधानमन्त्रीबाट विदा भएका केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन्। विहान ११ बजे ओली निजी निवास भक्तपुरस्थित बालकोट जाने छन्।
युवासंघका कार्यकर्ताहरुले ओलीलाई बालुवाटारदेखी बालकोटसम्म स्कर्टिङ गरेर पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन्। दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याउने कार्यक्रम रहेको बस्नेतले बताए।
सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका छन्। सपथग्रहण र पदभार ग्रहण गरेपछि देउवा निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।