काठमाडौँ - नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँड गृहमन्त्री नियुक्त भएका छन्। अर्को महत्वपूर्ण मानिएको अर्थमन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका जनार्दन शर्माले पाएका छन्।
कानुनमन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र उर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त भएका छन्। उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।