काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेपछि देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेश अनुरुप प्रधानमन्त्रीमा नियुक्त गरिएको छ भन्ने भाषा प्रयोग गरेकी थिइन् । नियुक्ती सच्याएपछि देउवाले सपथग्रहण गरेका हुन्।