काठमाडौं । निष्क्रिय रहेको युथ फोर्स ब्युँतिएको छ । नेकपा एमालेको आफ्नो भ्रातृ संगठन युवा संघको मंगलबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो ।
युथ फोर्सको उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन् ।
माओवादीको वाइसिएलका नाममा गतिविधि बढेपछि तत्कालीन एमाले महासचिव झलनाथ खनालको कार्यकालमा युथ फोर्स गठन गरिएको थियो । तर, युथ फोर्सका नाममा विकृति बढेको भन्दै पार्टीले यो भातृ संगठनलाई निष्क्रिय राखेको थियो ।