बुटवल । नेपाली कांग्रेसले रुपन्देहीका नेता बालकृष्ण खाँणलाई मन्त्री बनाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार शेरबहादुर देउवाको नेतृत्वमा गठन हुन लागेको सरकारमा नेता खाँणलाई मन्त्री बनाइन लागिएको हो । स्रोतका अनुसार
कांग्रेसका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि खाँडलाई मन्त्री बनाउने तयारी गरिएको हो ।
अन्य मन्त्रीको टुङ्गो भने गठबन्धनसँगको छलफलपछि लाग्ने ती सदस्यको भनाइ छ ।