काठमाडाैँ- नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै छ । अध्यक्ष तथा प्रधानमन्त्री पद छोड्न लागेका केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्।
मंगलबार दिउँसो १ बजेका लागि एमाले स्थायी कमिटीको बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल तामाङले बताए।
आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल समूहका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ। सोमबार सर्वोच्च अदालतले संसद विघटन खारेज गर्दै ६ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन तथा मंगलबार बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।