काठमाडाैँ- नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन्। उनले दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पु¥याउने काम नहोस् भनेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले अदालतको आदेशप्रति असहमत हुन पाइने तर अस्वीकार गर्न नहुने उल्लेख गरेका छन्।
'प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं।नत्र भिरबाट खस्नेलाई रामराम।' उनले लेखेका छन्।