काठमाडाैँ- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले नेपालमा लोकतन्त्र र विधिको शासनलाई बचाएको प्रतिक्रिया दिएका छन्। संविधानको धारा ७६(५) बमोजिम आफूलाई प्रधानमन्त्री नियुक्ती गर्न माग गर्दै देउवाले अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चले आज देउवाको पक्षमा फैसला गरेको हो। आफ्नै निवास बुढानिलकण्ठमा आज सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले अदालतको फैसलाले विधिको शासन स्थापित गरको बताएका हुन् । 'नेपालमा प्रजातन्त्र, लोकतन्त्र न्याय विधिको शासनलाई बचाएको छ । स्वतन्त्र न्यायपालिकालाई बचाएको छ'। उनले भने। सरकार गठनबारे ५ दलसँग सल्लाह गरेर अघि बढ्ने देउवाले जानकारी दिए ।