काठमाडाैँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा फर्काउने कदम भएको प्रतिक्रिया दिएका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदम सच्याउने संवैधानिक इजलासको फैसला विवेकपूर्ण भएको बताएका छन् ।
शर्माले इतिहास निर्माणको अवसरको उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा आएको बताए। 'रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा ।' सामाजिक सञ्जालमा उनले भनेका छन् ।