काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालले देश अस्थिरतामा फस्ने खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले यो राजनीतिक फैसला भएकाले कार्यान्वनमा जटिलता आउने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले सार्वोच्च अदालतमा गोरु व्यायो भन्दै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् 'बरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएं “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा'