सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । अदालतको संवैधानिक इजालसले संसद विघटनको निर्णय बदर गर्दै प्रतिनिधि सभा पुनस्थापना गरेको छ ।
संविधानको धारा ७६ को ३ अन्तर्गतका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ मार्गप्रसस्त गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षर सहित संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीको लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए । बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको र संसदले सरकार दिने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको भन्दै देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
देउवाको रिटमा नेकपा एमालेका २३ जनासहित प्रतिनिधि सभाका १४६ जना सदस्यले अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए।