बुटवल- लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डिल्ली चौधरीले विपक्षीको सदासयताले नै बजेट माथिको छलफल अघि बढ्न पाएको बताएका छन् । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बजेट टेबुल हुन नसक्ने अवस्था हुँदाहुँदै पनि आफूहरुले छलफलको वातावरण बनाएको उल्लेख गरे ।
'छलफलको लागि पेश गर्दा हिजो पनि उहाँहरु फेल हुनुहुन्थ्यो । हाम्रो सदासयताले मात्र यो बजेट अगाडि बढेको छ।' उनले भने 'बजेट बनाउँदा सरकारले सहकार्य गरेन । उहाँहरुसँग दम्भ थियो होला ।'
चौधरीले अहिलेको बजेट समस्या हल हुने खालको नभएको बताए । उनले सहकार्य गर्न खोजे आफूहरु तयार भएको भन्दै सरकार जुध्नै खोजेको हो भने पनि त्यही अनुसार अघि बढ्ने चेतावनी दिए ।