बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य तथा एमालेका नेता लिला गिरीले बजेटसँग जोडेर सरकारको विषयमा तानातान गर्न जरुरी नभएको बताएका छन्। प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका गिरीले सत्ताको अंकगणितसँग बजेटलाई नजोड्न आग्रह गरे ।
उनले बजेट असफल हुँदा अर्को आउने नयाँ सरकारलाई पनि अफ्ठ्यारो हुने धारणा राखे । ‘बजेट फेल हुँदा भोलि सरकार परिवर्तन हुने समयमा पुरक बजेट ल्याउनुपर्दा कति सहज हुन्छ । हामीसँग समय छ कि छैन। भन्ने विषय हामीले मनन गरेर अघि बढ्न जरुरी छ ।’ गिरीले भने ।