बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका बारेमा आजबाट मन्त्रालयगत छलफल हुने छ ।
आज र भोली बजेट माथि छलफल हुने र असार ३० गते उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गरेपछि २७ दिनपछि हिजो मात्र छलफलका लागि प्रदेश सभामा प्रवेश पाएको थियो ।