काठमाडौं । नेकपा एमाले भित्रका विवाद समाधान गर्न गठित कार्यादलको बैठक सम्पन्न भएको छ । बैठकमा सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।
विवाद समाधान गरेर बढ्ने महत्वपूर्ण निर्णय गरेको भीम रावलले बताए । पार्टीका समस्या समाधान गरेर अगाडि जाने निर्णय सहितकाे दश बुँदे सहमतिमा हस्ताक्षर भएकाे छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अब पार्टी एकतावद्ध भएर जाने बताए ।
१४ घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको भएर र कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी गराएका थिए।
नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्।