काठमाडौं - काठमाडौंको सिंहदरबार अगाडि प्रदर्शन गरेका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन्। सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १७ जना पक्राउ परेका हुन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने उनीहरुको माग छ। प्रदर्शन गरेकाहरुले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।