काठमाडौँ - नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको बैठक साँझ ७ बजे फेरि बस्ने भएको छ । विहिवार दिउसो सिंहदरवारमा केही बेर मात्र कार्यदल बैठक बसेको थियो । अर्थमन्त्रालयमा बसेको बैठक साँझ बस्ने गरि सकिएको हाे। बैठक सकारात्मक भएको र छिट्टै सहमतीमा पुग्ने एमाले सचिव गोकर्ण विष्टले बताए।
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन। आज फेरि कार्यदलको बैठक बसेर विवाद मिलाउने प्रयास गरिएको हो।