काठमाडौँ - निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्र देखिएको विवाद निरूपण गर्न इजलास गठन गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँचै जना आयुक्त रहने गरि इजलास गठन गरिएको हो। जसपा विवाद बारे छलफल गर्न साउन ३ गते महन्त र उपेन्द्र पक्षलाई बोलाएको छ।
आयोगले मंगलबार जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षसँग छलफल गरेको थियो। छलफलमा आफूहरूलाई अलग गरिदिन दुवै पक्षले आयोगलाई भनेका थिए। सत्ता समीकरणमा देखिएको विवादका कारण जसपा विभाजनसम्म पुगेको हो।