काठमाडौँ - नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवदेन परेको छ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका हुन्। पूर्वमाओवादी नेता लीलबहादुर थापा, दिनेस पन्थी, गिरिधरीलाल न्यौपाने लगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, लेखराज भट्ट लिलाबहादुर थापा, रामचन्द्र मण्डल, दधिराम न्यौपानेलगायतका नेताहरु माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका छन्। उनीहरुले लामो समयदेखि महाधिवेशन नगरेकाले माओवादी केन्द्र खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।