काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्का भएको छ । आज मंगलबार जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष निर्वाचन आयोग पुगेर पार्टी फुटाउने सहमति भएको हो ।
निर्वाचन आयोगमा भएको छलफलमा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेता सहभागी थिए ।
आयोगको छलफलमा सहभागी भएका छलफलपछि नेता अनिल झाले उपेन्द्र यादवले सँगै बस्न नसक्ने भनेर छुट्टिने माग गरेकाले त्यसैमा सहमति भएको बताए । निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई कानुनसम्मत नदेखिएको बताएको थियो ।