बुटवल । सर्वोच्च अदालतमा बिचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा संवैधानिक अदालतले असार २८ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखेको छ ।
सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गते अर्को पेशी तोकिएको बताए ।
मुद्दामा रिट निवेदक र विपक्षीतर्फका वकिलको बहस सकिएको छ । सोमबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले जवाफी बहस गरेका थिए । आजै इजलासलाई राय दिन बनाइएको एमिकस क्युरीका चार जनाले पनि बहस गरेका थिए । आजदेखि बहसका सबै प्रक्रिया सकिएका छन् ।
मुद्दालाई हेर्दाहेर्दैमा राखिएपछि असार २८ पछिमात्रै सर्वोच्चको आदेश आउने भएको छ ।