बुटवल - हाल लुम्बिनी सरकारमा मन्त्री रहेका जनता समाजवादी पार्टीका सांसदको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजालशमा तोकिएको छ ।
प्रदेश सरकारमा मन्त्री बन्न गएपछिसन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुुमन शर्मा राजमाझीलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो । कारवाहीको सुचना प्रदेश सभा सचिवालयबाट जारी भएपछि उनीहरु पदमुक्त भएका थिए ।
कारवाहीको सुचना विरुद्ध ४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले कारवाहीको सुचना कार्यान्यान नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । गत असार ७ गतेको इजलाशले आजको लागि सुनुवाइको मिति तोकेको थियो ।
रिट दायर गर्ने मध्ये सुमन शर्मा राजमाझीले राज्यमन्त्रीबाट राजिनामा दिएर मुख्यमन्त्री शंकर पोखरेललाई आफ्नो समर्थन नरहेको प्रदेश सभालाई जानकारी गराइसकेकी छन् ।