काठमाडाैँ- नेकपा एमाले भित्रको विवाद तिब्र बनेको बेला अध्यक्ष केपी ओलीनिकट नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल माधव नेपाललाई भेट्न विहान कोटेश्वर पुगेका थिए।
भेटमा नेपाल समूहका नेता घनश्याम भुसाल थिए। कोटेश्वर पुगेका नेताहरुले नेपाललाई अध्यक्ष केपी ओलीसँग भेटेर छलफल गर्न भनेका थिए । भेटेर कुरा गर्ने प्रस्तावमा नेता नेपाल सकारात्मक रहेको सहभागी एक नेताले जानकारी दिए ।
अध्यक्ष ओलीले पार्टीमा एकता कायम गर्न नेपाल समूहका २३ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताइरहेका छन् । तर नेपालले हस्ताक्षर फिर्ता लिन नसक्ने बताएका छन् ।