काठमाडाैँ - प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । पार्टी भित्रको विबाद तिब्र भइरहको बेला दुई नेता बिच कुराकानी भएको हो । यस अघि गत विहिवार पनि दुई नेताबीच संवाद भएको थियो ।
यसैबीच एमालेका दुबै पुस्ताका दोस्रो तहको नेताहरुबीच पनि आज छलफल भएको छ । छलफलमा अध्यक्ष ओलीका तर्फबाट नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी थिए। वरिष्ठ नेता झलनाथ खनाल–नेपाल पक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए। पार्टीको एकता जोगाउने प्रयासस्वरुप दुबै पक्षबीच केही दिन यता छलफल भइरहेको छ।