बुटवल-लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी भएकी सांसद सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।
जसपाको एक पक्ष सरकारमा सहभागी हुँदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।