काठमाडौँ । नेकपा एमालले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको चौंथो तथा अन्तिम बैठकले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेको हो ।
नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकले उनको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।