काठमाडौँ - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको चौथो बैठक बसेको थियो । उक्त बैठकले महाधिवेसन आयोजक कमिटी भंग गरेर केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
असार १८ गते रूपान्तरित केन्द्रीय कमिटीको बैठक बोलाइएको एमालेका प्रवक्ता प्रदीप नेपालले बताए । बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।