बुटवल । प्रतिनिधि सभा विघटन मुद्धाका सरकारी वकिलको बहस सकिएको छ । संवैधानिक इजलासले छुट्याइदिएको समय अनुसार सरकारी वकिलले आफ्नो तर्फबाट बहस सकेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुको बहस सकिएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरुले बहस सुरु गरेका छन् ।
बहस गर्न पाएको १५ घण्टा समयमध्ये महान्यायाधिवक्तासहित सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्रीका वकिलले ७ घण्टा समय लिने गरी समय निर्धारण भएको थियो । एक घण्टा भने सभामुखका वकिलले पाउनेछन् ।
महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बुधबार सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरे । प्रधानमन्त्रीको निजी वकिलको बहसको सुरुमा वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन् ।