काठमाडौँ- सरकारले नेपालमा कोरोना संक्रमित नरहेको दावी गरेको छ। सरकारले बुधबार केही घण्टाको विचमा लगातार कोरोना केन्द्रित ठुला निर्णय गरेपछि कतै कोरोना भित्रि सकेको पो हो की भन्ने आशंका गरिएको थियो।
तर स्वास्थ्य मन्त्रालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘ हालसम्म पाँच सय जनाको परिक्षण भयो तर कसैमा पनि पोजेटिभ भेटिएन।’ कोरोना संक्रमणको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ।
यसअघि चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएपनि उनी निको भइसकेका छन्। सरकारले कोरोना नियन्त्रणका लागि अधिकांश विदेशी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ भने २५ जनाभन्दा बढी जम्मा नहुन पनि निर्देशन दिएको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि शैक्षिक क्रियाकलाप पनि बन्द गरिएको छ।