काठमाडौँ - कांग्रेसका तीन नेता डा। शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले आगामी महाधिवेसन बारेको छलफलको लागि केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाबाहेकका केन्द्रीय सदस्यलाई शुक्रबार ‘लञ्च मिटिङ’मा बोलाइएको हो ।
मंगलबार प्रकाशमान सिंहको निवासमा सिंह कोइराला र नीधि विच भएको छलफलले छलफलको लागि केन्द्रीय सदस्यहरुलाई बोलाउने निर्णय गरेको हो । छलफलपछि पूर्वमहामन्त्री प्रकाशमान सिंहले तीन नेताबाहेक अन्य नेतालाई पनि सहभागी गराएर लैजाने विषयमा छलफल भएको बताए ।
उनले शुक्रबार टोखामा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको जानकारी गराए । १३ औँ महाधिवेशनमा उमेदवार भएका नेताहरुसँग छुट्टै छलफल गरिने पनि उनले जानकारी दिए।