बुटवल - नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ। बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले असार १६ गते बिहान ११ बजे बैठक बोलाउने निर्णय गरेको हो ।
समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । स्थायी कमिटी बैठकले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय गरेको छ ।