काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चको संवैधानिक इजलासमा असार ९ गतेदेखी नियमित वहस भइरहेको छ । कांग्रेसका सभापति शेरवहादुर देउवालगायत १४६ सांसदको रिटमा आज पनि रिट निवेदकको तर्फबाट कानून व्यवसायीले बहस गर्ने छन् ।
इजलासले रिटमा बहस गर्ने कानुन व्यवसायीको सूची लामो देखेपछि दुवै पक्षलाई समय तोकेरै बहस गर्न दिएको थियो । इजलासले तोकेको समयानुसार रिट निवेदकतर्फबाट सुरुमा १२ घण्टा र ३ घण्टा जवाफी बहसको लागि समय छुट्याइएको छ ।
१२ घण्टा मध्ये रिट निवेदकले अझै साढे २ घण्टा बहस गर्ने समय बाँकी छ । त्यसपछि सरकारका तर्फबाट बहस हुनेछ । सरकार र रिट निवेदकलाई इजलासले १५/१५ घण्टाको समय छुट्टयाएको छ । दुवै पक्षको बहस सकिएपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार अधिवक्ताले आधा घण्टाका घरले बहस गर्नेछन् ।