बुटवल । अर्थमन्त्री बिष्णु पौडेल भोलि शनिवार गृह जिल्ला रुपन्देही आउने भएका छन् ।
मन्त्री पौडेल कालिगण्डकी तिनाउ डाईभर्सन बहुउदेश्यीय आयोजनाको कार्यालय उद्धघाटनका लागि बुटवल आउन लागेका हुन् । मन्त्री पौडेलले लामो समयदेखि उठाउँदैं आएको डाइभर्सन परियोनाले मूर्तरूप लिने आसा गरिएको छ । कार्यालय बुटवल कालिकानगरमा उद्घाटन गर्न लागिएको हो ।
डाइभर्सन परियोजना सम्पन्न भएमा कालिगण्डकी नदिको पानीलाई तिनाउमा मिसाई रुपन्देही र कपिलबस्तुमा सिंचाईगको समस्या हल हुनेछ ।
शनिवार बिहान डाईभर्सन कार्यालयको उद्धघाटनपछि सुख्खानगरस्थित पुष्पलाल कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।