काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहीबार ओलीले मन्त्रिपरिषदमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रिपरिषदमा बहालवाला मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै गृहमन्त्रालयसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र जलस्रोत तथा सिञ्चाइ मन्त्रालय विष्णु पौडेललाई दिएका छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगाार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।