बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक १८ दिनको लागि स्थगित भएको छ । आइतबारको प्रदेश सभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।
आज बैठक सुरु नहुँदै प्रदेश सभा सचिवालयले सुचना टाँस गरि २७ गतेसम्मको लागि बैठक स्थगित भएको जनाएको हो । 'पूर्व सूचना अनुसार निर्धारित आठ अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौ बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । ’ सूचनामा भनिएको छ ।