बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक बुधबार बस्दै छ । आइतबार विपक्षी गठबन्धनको बहिस्कारका कारण स्थगित भएको प्रदेश सभा बैठक आज बस्न लागको हो । असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को बजेट बारे यस अघिको बैठकमा छलफल सुरु हुने कार्यसूचि थियो ।
तर विपक्षी गठबन्धनको बहिस्कारका कारण सुरु हुन सकेको थिएन । विपक्षी दलहरुले अवरोध नगर आजको बैठकमा आइतबारको बैठकमा प्रवेश पाउन नसकेको कार्यसूचीले प्रवेश पाउने छ । जस अनुसार आजको बैठकमा राजस्व व्ययको अनुमान माथि आर्थिक मामिला तथा योजना मन्त्रीले आफ्नो कुरा राख्ने र उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि विनियोजन विध्येक पेश गर्ने कार्यसूची छ ।
आइतबारको बैठक बहिस्कार गरेका विपक्षी गठबन्धनले आज प्रदेश सभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्दै छन् । जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा प्रदेश सभाअघि छलफल हुन लागेको कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए । ‘चार जनाका सन्दर्भमा सवोच्चबाट केही आदेश आउला भन्ने थियो । अब त्यो पूर्ण सुनुवाइमा गयो ।’ उनले भने ‘अब प्रदेश सभालाई कसरी अगाडि बढाउने भन्ने बारेमा परामर्श गरेर एउटा टुंगोमा पुग्ने कुरा भएको छ ।