काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उपप्रधानमन्त्रीमा बढुवा भएका विष्णु पौडेलको उक्त नियुक्ति बदर हुने भएको छ । सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदरको आदेश गर्दा विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री उल्लेख गरेको भएपनि पछि सच्याएर बदर भएको जानकारी दिएको छ ।
अदालत स्रोतका अनुसार आदेशमा भूलवश पौडेललाई उपप्रधानमन्त्री लेखिएकाले सच्याएर अर्को आदेश लेख्ने तयारी भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको आदेशमा पौडेल उपप्रधानमन्त्री कायम रहेको उल्लेख थियो ।