काठमाडौं । सर्वोच्च अदालतले संघीय सरकारका २० जना मन्त्रीलाई पद मुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि विस्तार गरेको मन्त्रिपरिषद्मा नियुक्त भएका २० जना मन्त्रीहरुलाई पद मुक्त गरिदिएको हो ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटन पछि नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।
अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ मात्र रहनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलगत्तै माओवादी छाडेर एमाले भएका मन्त्रीहरुलाई सपथ गराएका थिए भने गत जेठ २१ गते पुनः मन्त्रिपरिषद विस्तार गरिएको थियो ।