पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभालाई जीवितै राख्न आफूलाई विश्वासको मत दिन अनुरोेध गरेका छन् ।
प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले आज भने-'संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु ।'
प्रदेश सभामा अहिले उक्त प्रस्तावमाथि छलफल शुरु भएको छ । एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।