बुटवल-लुम्बिनी प्रदेशसभा सदस्य बिला कुमारी खत्री ओलीलाई नेकपा एमालेले ३ दिने स्पष्टीकरण सोधेको छ।
नेकपाको तर्फबाट प्रदेशसभाको उपनिर्वाचनमा लडेर दाङ क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित उनले दल रोज्न पाउने अधिकारबमोजिम माओवादी केन्द्र रोजेको प्रदेशसभाले जनाएको थियो।
जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एकालेमा प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद क्षेत्रीलाई ३ दिन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेका छन्।
नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि ओली पत्नी विमलाले नेकपाको तर्फबाट सुर्य चिन्ह लिएर उपनिर्वाचनबाट निर्वाचित भएकी थिईन्।
उनलाई सोधिएको स्पष्टीकरणमा माओवादी रोज्नु अगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भईसकेपछि पाटी रोज्न पाउने हक विमलाले गुमाईसकेको तर्क गरिएको छ।
पार्टीको ह्वीप विपरित सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको उपुयुक्त कारण सहित स्पक्ष्टिकरण माग गर्दै तपाईमाथि कारवाही किन नगर्ने भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई अस्विकार गर्दै पूरानै दलहरु ब्युँताईदिएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार गत वैशाखमा मात्र बिमलाले माओवादी केन्द्र रोजेकी थिईन्।