काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको भूमिका निष्पक्ष र तटस्थ हुन नसकेको बताएका छन्। अर्का अध्यक्ष महन्त ठाकुर लगायतका लाई गरेको कारवाही अस्वीकार गरिएको भन्दै आयोगको निर्णय पूर्वाग्रहीपूर्ण रहेको उनले उल्लेख गरेका छन् ।
आयोगले लोकतान्त्रीक मूल्य मान्यता र विधि पद्धती अवज्ञा गरेको यादवद्वारा जारि विज्ञप्तीमा उल्लेख छ। 'उक्त निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तथष्ट भूमिका निर्वाह गर्न नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ ।' उनले भनेका छन् 'निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रीक मूल्य मान्यता, विधि र पद्धतीको सम्पूर्ण रुपमा अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ । '
अध्यक्ष यादवले आयोगले गरेका कामबारवाहीविरूद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि चेतावनी दिएका छन्। ‘निर्वाचन आयोगको उपरोक्त काम कारबाहीविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाईं जारी रहनेसमेत जानकारी गराउछौं’ उनले भने।