बुटवल- लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टीको संसदीय दलले ह्वीप जारी गरेको छ । गत मंगलबार लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति कार्यक्रममा छलफल भएपछि अहिले जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले उठेका प्रश्नको जवाफ दिइरहेका छन् । मुख्मन्त्रीले जवाफ दिएपछि पारित गर्ने कार्यसूची छ । जसपाकी प्रमुख सचेतक पूरमति ढेंगामगरले ह्वीप जारी गरेकी हुन्। जसपाका ४ जना अहिले प्रदेश सरकारमा मन्त्री छन् ।
उनीहरु महन्त ठाकुर पक्षका हुन्। सहश्रराम यादव र सचेतक पूरमति उपेन्द्र यादव पक्षका हुन्। मन्त्री भएका चार जनालाई प्रदेश संसदीय दलले कारवाही गरेको थियो । तर सर्वोच्च आदालतको अन्तरिम आदेशबाट उनीहरु बहाली भएका थिए।