पोखरा-गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।
उनलाई आजै सपथ खुवाउने तयारी भइरहेको छ। पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।