पोखरा - गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन्। गुरुङ राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित गुरुङले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । जनमोर्चाको तर्फबाट कृष्ण थापा र जसपाको तर्फबाट महन्त ठाकुर पक्षको पत्रसहित दाबी गरेका हुन् । २७ गते विश्वासको मत नपाएका गुरूङले फेरि दाबी गरेका हुन्।
यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श(शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेका छन्।