बुटवल- लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम माथि दोस्रो दिनको छलफल सुरु भएको छ । प्रदेश प्रमुखबाट मंगलबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा शुक्रबारबाट छलफल सुरु हो ।
शुक्रबारको बैठकमा सत्ता पक्षका सदस्यहरुले सबै पक्षलाई समेटेर नीति कार्यक्रम आएको धारणा राखेका छन् भने प्रतिपक्षी दलका सदस्यहरुले नीति कार्यक्रमको सार्थकताका लागि सरकारले ठोस अवधारणा प्रस्तुत गर्न नसकेको बताएका थिए। छलफल पछि नीति कार्यक्रम पारितको लागि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।