हेटौडा -नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्तीप्रति आत्मालोचना गरेका छन्। शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर आत्मालोचना गरेका हुन् ।
शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए। बैद्यको अभिव्यक्ती प्रति चौतर्फी विरोध भएको थियो । नेपाली कांग्रेसले पनि विज्ञप्ती निकाले र आत्मालोचना गर्न भनेको थियो ।
प्रदेश सभा बैठकमा उनले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन्।