बुटवल । भारतको पुणेमा एक कोनकणी ब्राहमण परिवाारमा नाथुराम गोड्सेको जन्म भएको थियो । उनी राष्ट्रवादी विचारका द्योतक थिए । हिन्दुवादी संगठनहरु हिन्दु महासभा र राष्ट्रिय स्वयम् सेवक संघ(आरएसएस)का निकै नजिक थिए, भलै उनले ती संगठनहरुमा आवद्ध भइसकेका थिएनन् ।
राष्ट्रवादी गोड्सेले अहिंसावादी नेता मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धीलाई सन् १९४८ जनवरी ३० मा गोली हानेर हत्या गरेका थिए । नयाँ दिल्लीको त्यतीबेलाको बिरला हाउसमा प्राथनाका लागि गएका गान्धीको छातीमा गोड्सेले तीन वटा गोली हानेका थिए ।
हत्यागरेपछि गोड्नेले भाग्ने कोसिस गरेनन् । त्यतीबेलै उनलाई पक्राउ गरियो र पछि मृत्युदण्ड दिइयो ।
अदालतमा गान्धीलाई मार्नुको कारणबारे बयान दिदैं उनले गान्धीले मुस्लीम समूदायप्रति देखाएको आस्थाले आफू नाखुस रहेको बताएका थिए । उनले भारतको विभाजित भएर पाकिस्तान बन्नुमा मुख्य दोषी गान्धी रहेको ठहर्याएका थिए ।
उनले लेखेका छन्–‘गान्धीको अनुपस्थितीमा भारतको राजनीति प्रयोगात्मक, आफूलाई रक्षा गर्न सक्ने र सशस्त्र बलसहितको बलियो हुन्थ्यो । मेरो भविष्य सकिन्छ भन्नेमा कुनै शंका छैन तर यो देश पाकिस्तानको दखलअन्दाजीबाट बच्न सक्नेछ ।’